प्रधानमन्त्री प्रचण्डको आज शपथ ग्रहण गर्ने तयारी

१० पुस २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । त्यसको तयारीका लागि आइतबारै नापो लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बतायो ।

स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ । प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको छैन । उनले प्रायः सुट लगाउने गरेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले दौरा सुरुवाल अहिलेसम्म नलगाएको बताए । मल्लले भने, दौरा सुरुवाल फिट हुन्छ कि हुँदैन भनेर हेर्न बाँकी छ ।