जुम्लाको चन्दननाथ भैरवनाथको लिंगो फेरेर घटास्थापना सूरु

१० असाेज २०७९ जुम्ला । कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी जुम्लामा दशैं सुरु जुम्ला बासीले भएकाे छ । चन्दननाथ र बटुक भैरवनाथको लिंगो फेरेर विधिपूर्वक घटस्थापना तथा दशैंको सूरु भएको मन्दै आएको पाइन्छ । चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना सुरु गरिएको हो।

त्यस्तै धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ ,त्यस कारणले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठीव्यवस्थापन समितिका सचिव जितबहादुर महतले बताए ।उनले भने,वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ। उनले भने, सबै भन्दा ठुलो लिंगो ४७ हातको लिङ्गो र ४७ हातकै ध्वजा र नेजा राखिएको छ। त्यस्तै एयटा ४५ हाते र अर्को ३७ हाते चार वटा लिङ्गा फेरीएको छ । चन्दननाथ र अखडा देवी , र बटुक भैरवनाथको गरी तिन वटा र एक बिजयी स्तम्भ गरी चार लिंगो खडा गरी उनले भने, वनजंगल नासिदै गएपछि ५२ हाते लिङ्गा पाउन मुस्किल भएको छ ।


नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ। लिङ्गो ठड्याइसकेपछि मात्र कर्णालीमा घटास्थपान सुरु हुन्छ। जुम्लाका साँस्कृतविद् रमान्द आचार्य भन्छन्, ‘यहाँको पूजा सकेर घरघरमा जमरा राखिन्छ।’उनले बिहान ७ बजेपछि पुरानो लिंगा ढाल्ने र नयाँ लिंगो ठड्याइएको बताए ।

यो दिन नव दुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गरिन्छ। आजकै दिन जुम्लाबासीले नयाँ अन्न अर्थात् नुवागी खाने गर्छन। जुम्लाको परम्परागत प्रचलन अनुसार मार्सी धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ। विश्वकै अग्लो स्थानमा फल्ने मार्सीधानको उत्पादन गर्ने चन्दनाथबाबा भएका भन्दै चन्दननाथ मन्दिरमा चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको छ ।

लिंगा फेर्न सुरक्षा निकायकै भर

यसअघि सरकारी कर्मचारी, स्थानीय ढाणथपाल लगायतका गाउँका क्षत्री र सेनाले पल्टन लिंगो ल्याउने गर्दथे । थपला लिंगो ब्राह्मण समुदायले र कमसला लिंगो जिल्लाभरका दलित समुदायले ल्याउने चलन थियो । केही वर्षदेखि परम्परागत चलन हराएको छ । स्थानीयले जंगलबाट लिंगो ल्याउन छोडेपछि सेना र प्रहरीको सहयोग लिनुपरेको छ । चन्दनाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार लिंगो गाड्ने परम्परालाई स्थानीयले विशेष पर्वकै रूपमा लिने गरेका छन ।स्थानीय प्रशासनले लिंगो ल्याउने दिन सरकारी बिदा समेत दिइने गरेको छ ।


जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा चन्दननाथ नगरपालिका–३ रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो ल्याउने गरिन्छ । एक वर्षमा ५२ हप्ता हुने भएकाले मन्दिरका लिंगा पनि ५२ हाते ल्याउने चलन छ। चन्दननाथ मन्दिरमा हरेक वर्ष घटस्थापनाका दिन ५२ हाते लिंगो गाड्ने परम्परा छ । प्रत्येक दिन पूजापाठ हुने मन्दिरमा साताको एक पटक विशेष पूजा हुने गरेको छ ।

धर्मका नाममा भएका विकृतिहरु हट्नु पर्छ

त्यस्तै नेपाल पत्रकार महासंका अध्यक्ष नेत्रबहादुर शाही भन्छन,पछिल्लो समयमा धर्मका नाममा धेरै विकृतिहरु फैलिएका छन् । गुठीको जग्गा अतिक्रमण भएको छ । धर्मका नाममा कमाउ धन्दा चलेको छ । यस विषमा गम्भीर बहस हुन जरुरी छ । मन्दिरको जग्गामा टहरा बनाउने केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै लैजाने गर्दा गुठीको जग्गा मासिँदै गएको छ । मन्दिरको गूरु योजना पनि बनाइएको छैन । जसका कारण नयाँ भन्दै गरेका भौतिक संरचनाले ढाकिदै जादा मन्दिर कुरुप बन्दै गएको छ । यस बिषयमा सबैको ध्यान जान जरुरी छ ।जुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र नेपाल प्रहरी ,ससस्त्रप्रहरीका प्रमुख हरुको मन्दिरको संरक्षकको रुपमा रहने प्रचलन छ । यस पटक प्रमुख जिल्ला अधिकारी मुकेस कुमार केसरी, नन्दबक्स गणका गणपति रबिन्द्र थापा , प्रहरी उपरिक्षक नरेन्द्र चन्दको टोलीले पुजाआजा गरेपछि लिंगा फेरीएको हो ।