काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ। आइतबार दिउँसो साढे ३ बजेसम्म विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएकोमा, थप एक जना घाइतेको सिभिल अस्पतालमा निधन भएपछि मृतकको संख्या बढेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये ६ जनाको मृत्यु त्रिवि शिक्षण अस्पताल अन्तर्गत रहेको ट्रमा सेन्टरमा, ३ जनाको सिभिल अस्पतालमा, ३ जनाको एभरेष्ट अस्पतालमा, १ जनाको केएमसी अस्पतालमा र १ जनाको त्रिवि शिक्षण अस्पतालमै भएको छ।
हालसम्म आन्दोलनमा कति जना घाइते भएका छन् भन्ने यकिन तथ्यांक प्राप्त नभएको मन्त्रालय स्रोतले जनाएको छ। तर, राजधानीका अस्पतालहरूमा ठूलो संख्यामा घाइते ल्याइएका छन्।
जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिरहेको छ। आन्दोलन थप उग्र बन्दै गएसँगै सरकार र आन्दोलनकारीबीचको टकराव अझ चर्किंदै गएको देखिएको छ।




बिहानीको तारा । २३ भाद्र २०८२, सोमबार १६:०४