लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाता, कुन निर्वाचन क्षेत्रमा कति विवरण सहित?

४ असोज । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने भएका छन् । प्रदेशका १२ जिल्लाका कुल ३२ लाख ४९ हजार ६३७ मतदाताले मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि र ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताए । उनका अनुसार यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना रहेका छन् ।

प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रुपन्देही जिल्लामा रहेका छन् । जसमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् ।

सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची संघतर्फ एक/एक वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशतर्फ दुई/दुई वटा रहेका छन् । त्यस्तै प्रदेशभर कुल मतदानस्थल एक १६४९ र मतदान केन्द्र ३८६१ रहेको सूचना अधिकारी कुवँरले बताए ।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

गुल्मी

१ (क) ५७५७९
१ (ख) ६१७०९
२ (क) ५१९०४
२(ख) ५२४२३

पाल्पा

१ (क) ४९२५१
१(ख) ४६७८२
२ (क) ५६१२०
२ (ख) ४९१७३

अर्घाखाँची

१ (क) ७८२८६
१ (ख) ८६४८२

रुपन्देही

१ (क) ७२२११
१ (ख) ६७३४९
२ (क) ६३५०३
२ (ख) ६३३०४
३ (क) ६५५१३
३ (ख) ६७२७८
४ (क) ५३३८९
४ (ख) ५७२७०
५ (क) ७४६५९
५ (ख) ५४४७६

कपिलवस्तु

१ (क) ७९४५३
१ (ख) ६१५६०
२ (क) ६४५१७
२ (ख) ५७१५९
३ (क) ६१०५८
३ (ख) ५४४८५

रुकुम पूर्व

१ (क) १७७७७
१ (ख) १६३३५

रोल्पा

१ (क) ६८१६४
१ (ख) ७७३०७

प्युठान

१ (क) ७४६६३
१ (ख) ८५०९७

दाङ

१ (क) ७०२६७
१ (ख) ६४४६६
२ (क) ६३३२२
२ (ख) ७०४२६
३ (क) ६६४८६
३ (ख) ७९९८९
कुल ४१४८५६

बाँके

१ (क) ५५८४५
१ (ख) ६५२५५
२ (क) ५०३१३
२ (ख) ४७४९६
३ (क) ६१५९६
३ (ख) ५१७२६

बर्दिया

१ (क) ८१९१९
१ (ख) ८०७४३
२ (क) ८१६६१
२ (ख) ७०९६१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

१ (क) ६५११६
१ (ख) ५३१३४
२ (क) ६६५०२
२ (ख) ५६१७८