बाँके निर्वाचन क्षेत्र नं. १ प्रदेश क बाट प्रत्यक्ष तर्फ माओवादी केन्द्रबाट युवा नेता सुर्य प्रकास घर्ति मगर सिफारिस

२८ भदाै २०७९ नेपालगंज । अखिल क्रान्तिकारी केन्द्रिय सचिव तथा नेकपा (माओवादी केन्द्र) राप्ती सोनारी गाँउपालिका समिति सचिव सुर्य प्रकाश घर्ति मगर आसन्न मंसिर ४ गते हुने निर्वाचमा बाँके निर्वाचन क्षेत्र नं. १ प्रदेश क बाट प्रत्यक्ष तर्फ उम्मेदवारमा सिफारिस भएका छन । उक्त निर्वाचन क्षेत्रमा नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिका पर्दछ । घर्ति जनता माझ निकै लोकप्रिय नेताका रुपमा स्थापित छन, बिद्यार्थी राजनीतिबाट उदायका नेता हुन ।

घर्ति महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सचिव समेत भैसकेका हुन । बुवा जनयुद्धमा सहादत हुनु भएको हो, सानै उम्मेर बाट माओवादी आन्दोलनमा सहभागि भएका हुन र जनताका हरेक समस्या सँग नजिकबाट नियालेका घर्ति यस पटक निर्वाचनमा भाग लिन लागेको र युवाहरुले निति निर्माणको तहमा हस्तक्षेपकारी भूमिका खेल्न आवश्यक भएको महसुस गरेको बताए ।

यो निर्वाचन क्षेत्रमा लामो समय देखी बिकास निर्णमा र जनताका समस्यसँग नजिकै रहेर एकाकार भएर काम गरेको र यस क्षेत्रको भूगोल राम्रो सँग अध्याय गरेको समेत बताए । बिकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी आफ्नो मुल एजेण्डा रहने बताए । यस पटक पार्टीले टिकट दिए आफ्ना एजेण्डा पुरा गर्न सकिने बताए ।