माओवादी केन्द्र खजुरा गाउँपालिका अधिबेशनको उद्धघाटन प्रचण्ड गर्ने

नेपालगंज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” खजुरा गाउँपालिका तेस्रो पालिका अधिबेशनको उद्धघाटन गर्न बाँकेको खजुरा आउने भएका छन । नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्र र खवरदारी सभा लाई सम्बोधन गर्न माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए ।

खबरदारी सभामा स्थानीय भाषाभाषिका भेषभुषा, झाँकी सहित र्याली निकालेर खजुरा बजारमा रहेकाे दुर्गा मन्दिर परिसरमा गरिने र उक्त सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, लुम्बिनी प्रदेशका ईन्चार्ज एंव सचिव चन्द्र प्रकाश खनाल बलदेव, सह ईन्चार्ज एंव लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री कुल प्रसाद केसी सोनाम,  अध्यक्ष सुर्दशन बराल लगाएत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जेम्सले बताए ।

यस्तै प्रचण्डले जनयुद्धका सहिद परिवारसँग अन्तरक्रिया गर्ने र जनता माबि सन्तकुटीमा रहेको त्यस क्षेत्रका सहिदहरुको सालिकमा माल्यापर्ण गर्ने र खजुरा क्षेत्रको समग्र बिकास बारे स्थानीय अगुवा समाजसेवीहरु संग पनि अन्तक्रिया गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका अध्यक्ष राज कुमार बि.क ले बताए ।