नेपालगन्ज । प्रेस सेन्टर नेपालको बाँके जिल्लाको सातौ जिल्ला अधिवेशनबाट चन्द्र बोहराको नेतृत्वमा १५ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित भएको छ । पुस २४ र २५ गते नेपालगन्जमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा केपी घिमिरे, उपाध्यक्ष महिलामा सिता वली, सचिव पुष्पराज हमाल, सहसचिव सन्तोष विष्ट, सहसचिव अनिता बिक, कोषाध्यक्ष विवेक रेग्मी, सदस्यमा पहल बहादुर केसी, कबिन्द्र परियार, अमरबहादुर शाही, युसुफ अन्सारी, रामगोपाल विश्वकर्मा, कल्पना शाही (प्रिया) निर्वाचित भएको केन्द्रिय सदस्य बाँके इन्चार्ज डा. डक्ट प्रसाद धितालले जानकारी दिनु भयो ।
नयाँ नेतृत्वमा लाई शुभकामना दिदै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डेले “पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आग्रह गर्नुभयो” । सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न महत्त्वपूर्ण भुमिका खेलेका साथीहरुलाई बधाई दिदै नयाँ समिति लाई शुभकामना दिनुभयो ।
बिहानीको तारा । २५ पुष २०८१, बिहीबार १९:००