अब मेसिन जडित साङ्लाले पक्रिनेछ अपराधी

काठमाडौं । प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ । सोही कारण आम मानिसहरुको जीवनशैली पनि परिवर्तन भैरहेको छ । मेसिन र जीवहरुको एकीकरणलाई लिएर धेरै लामो समयदेखि बहस भैरहेको छ । कतिपय मानिसले चाहिं प्रविधिको विकाससँगै यो मानिसमाथि हावी हुने चिन्ता पनि व्यक्त गर्ने गरेका छन् ।

यही चिन्ताका बीच वैज्ञानिकहरुले यसको सानो संस्करण तयार गरेका छन् । प्रविधि र जीवबीचको यो अन्तरघुलनबाट वैज्ञानिकहरुले Cyborgs किरा तयार पारेका छन् । जापानको Center for Emergent Matter Science का वैज्ञानिकहरुले यो उपकरण तयार पारेका हुन् । यसलाई विभिन्न ठाउँमा प्रयोग गर्न सकिन्छ । यसलाई सहरी खोज तथा उद्धारमा समेत प्रयोग गर्न सकिन्छ । यद्यपि यसको प्रयोग अहिले निकै सुरुवाती चरणमा छ ।

यो विशेष उपकरणलाई वातावरणीय अनुगमनका लागि पनि प्रयोग गर्न सकिन्छ । यसका अलावा गतिलाई पनि ट्रयाक गर्न सकिन्छ । Cyborgs को सहयोगबाट प्राकृतिक विपत्तीको समयमा संयोजित खोज तथा उद्धार अभियान समेत अगाडि बढाउन सकिन्छ । यसका विषयमा npj Flexible Electronics जर्नलमा जानकारी दिइएको छ । उक्त रिपोर्टमा इलेक्ट्रोनिक्समा भएको प्रगतिका कारण जीव तथा मेसिनको एकीकरणमा वृद्धि भैरहेको उल्लेख छ ।

 

कम उर्जा खपत गर्ने सेमिकन्डक्टर चिपको प्रयोग गरी यो Cyborgs तयार गरिएको छ । यो तयार गर्नका लागि वैज्ञानिकहरुले सुरुमा साङ्लाको ब्याकअप तयार गरे । उपकरणलाई जीवको स्नायु प्रणालीसँग जोडियो । त्यसो गर्दा उपकरणको पावर आउटपुट ५० गुणाले बढ्यो । ऋथदयचन साङ्ला अल्ट्राथिन सोलार ब्याट्रीको माध्यमबाट तयार गरिएको हो । यसले सांग्लाको चाललाई प्रभावित गर्दैन ।

वैज्ञानिकहरुले उक्त मेसिन जडित साङ्लालाई वायरलेस सिग्नलको प्रयोग गरी दायाँ तथा बायाँ दिशामा हिँडाउन सफल भए । उक्त वायरलेस सिस्टम साङ्लाको स्नायु प्रणालीसँग जोडिएको थियो । वैज्ञानिकका अनुसार चार्ज ब्याट्रीबाट सिग्नललाई २.१ मिनेटका लागि ताररहित रुपमा प्रशारण गरिएको छ ।

–एजेन्सी