एसियाली खेलकुदका लागि क्रिकेट टिम घोषणा

 

१२ साउन २०८० काठमाडौं । १९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषद(राखेप)मा बुझाइसकेको छ ।

एसियनका लागि क्रिकेट टिम

रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी