नरैनापुर र जानकी गाउँपालिकाले भोली मगंलवार मोहर्रम पर्वको अवसरमा सार्वजनिक विदा दिने

२३ साउन २०७९ बाँके । नेपालका हिन्दु मुस्लिमले मनाउने सदभावको पर्व मोहर्रमको अवसरमा भोली सार्वजनिक विदा दिइएको छ । नरैनापुर गाउँपालिकाले भोली मगंलवार सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकामा हिन्दु मुस्लीम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सदभाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनु भयो ।

मुस्लिम समुदायले मात्र नभइ गाउँपालिक क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि मोहर्रम पर्वमा आपसी भाईचाराको सम्बन्ध स्थापित गराउन मनाउने गरेकाले विदा दिइएको बताउनुभयो ।

स्थानीय सरकारले सार्वजनिक विदा दिन पाउने प्रावधान भए अनुसार नरैनापुर गाउँपालिकाले मोहर्रमको विदा दिइएको हो ।

यसैगरी जानकी गाउँपालिकाको आज सोमबार बसेको कार्यपालिकाको बैठकले पनि मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष छब्बन खाँ पाठनले जानकारी दिनु भयो ।