नेपालगन्ज ४ मा सरसफाइ अभियान संचालन

२ साउन २०७९ नेपालगंज । नेपालगन्ज ४ मा बिशेष सरसफाइ अभियान संचालन गरिएकाे छ । ‘हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान सरसफाई बाट सुरु गरिएकाे नेपालगन्ज उप-महानगरपालिका वडा ४ का वडा अध्यक्ष गाेपाल पुनले  भएको बताए । टाेलस्तरिय सरसफाई टाेल गठन तथा बिशेष सरसफाइ अभियान उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गाेपाल पुनले नागरिकको स्वास्थ्य र वडापालिकाको शानसँग जोडिएको विषय सरसफाई भएकाले यसलाई प्रभावकारी बनाउने बताए ।


वडाको सरसफाईको दीर्घकालीन मार्ग खुल्ने केही परिकल्पना गरेकाे छाै । कुनै पनि समस्या आइपरे जनप्रतिनिधिहरुलाई भन्नुहोस, तपाइहरुलाई जनप्रतिनिधबाट पूर्ण साथ रहन्छ । उनले वडाबासीका गुनास समस्य भए बुँदागत रुपमा आफूलाई उपलब्ध गराउन आग्रह गरे । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताले अनुभूतिहुने गरी काम गर्नु पर्ने बताए । उक्त सरसफाइ कार्यक्रमका प्रमुख अथिति नेकपा माओवादी केन्द्र जिल्ला संयाेजक तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान )ले आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अथिति माओवादी केन्द्र का जिल्ला संयाेजक डम्बर बिक,वडा अध्यक्ष गाेपाल पुन वडा सदस्य,समाजसेवी ,राजनीतिकदल,युवा,अभियानता,समुदायिक प्रहरी वडा प्रहरी कार्यालयका प्रतिनिधि,विभिन्न संघसंस्था लगाएको उपस्थितिमा रहेकाे थियोे ।