प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन गर्ने

असोज २७, २०७९ रौतहट ।   रौतहट – ३ बाट प्रतिनिधि सभा सदस्य का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेकपा एमालेले दिएको टिकट परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले  बताए ।

यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए । पुनका अनुसार पटेलको उम्मेदवारी राजनीतिक समर्थनमा निष्क्रिय गराउने तयारी छ ।