
२५ असार २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र) विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा देखिएको विवाद मिलाउनका लागि सुझाव समिति गठन गरेको छ । आज शनिबार बसेको पार्टी स्थायी समिति बैठकले तीन जना पूर्वविद्यार्थी नेताहरू सम्मिलित सुझाव समिति गठन गरेको हो ।
समितिमा पूर्व विद्यार्थी नेता रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । उनिहरूले विवाद समाधानका लागि पार्टी स्थायी समितिलाई सुझाव दिने छन् । निर्णय भने स्थायी समितिले नै गर्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । नयाँ नेतृत्व चयनका क्रममा सुरु भएको अखिल क्रान्तिकारीको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ ।



बिहानीको तारा । २५ असार २०७९, शनिबार १३:५५