नेपाल एयरलाइन्सले सञ्चय कोष र नागरिक लगानी कोष लाई ७३ करोड ९ लाख ५५, २८१ ऋण तिर्‍यो

कार्यकारी अध्यक्ष युवराज अधिकारीको ब्यवस्थापनले निगम सुधारउन्मुख

१ कार्तिक २०७९ काठमाण्डाैं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता ७३ करोड ९ लाख ५५,२८१ रुपैया भुक्तानी गरेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

कर्मचारी संचय कोषबाट न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज बापत ५३ करोड ९ लाख ५५,२८१ रुपैया भुक्तानी गरीको र नागरिक लगानी कोषको हकमा २० करोड गरी ७३ करोड ९ लाख ५५,२८१ रुपैया भुक्तानी गरेको नेपाल वायुसेवा निगमले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

३ बर्ष देखी नागरिक लगानी कोष र कर्मचारी संचय कोषको ऋण दायित्व भुक्तानी गर्न नसकेको भनी जनाएको छ तर निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारी नेतृत्वमा आएपछि निगमले लिएको ऋण दायित्व तिर्दै आएको र नियमित उडान र अकुपेन्सी दरमा सुधारले गत २०७९ असार ३० गते देखी ऋण दायित्वको किस्ता १ अर्व ३५ करोड रुपैया भुक्तानी गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रेस बिज्ञप्ती सहित