१३ जेठ २०७९ नेपालगंज । नेपालगंज उप-महानगरपालिका वडा नं. ९ का निर्वाचित जनप्रतिनिधिहरुले पहिलो काम सरसफाईबाट सुरु गरेका छन । वडा भित्र रहेका प्रत्येक टोलहरुमा सरसफाई अभियान संचालन गरिएको छ । पहिलो दिन चारबाहिनी चोक बाट वडा कार्यालय सम्म सरसफाई गरी सुरुवात गरीएको थियो । अर्को दिन मालपोत कार्यालय देखी बाँके गाउँ सम्म सरसफाई गरिएको छ । एक हप्ते सरसफाई सप्ताहको रुपमा अभियान संचालन गरीए वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले बताउनु भयो । हामीले सरसफाईको बिषयमा जनतालाई जागरुप गराउने हो, सफा वडा र स्वच्छ वडा बनाउने हाम्रो लक्ष्य रहेको छ मलाई बिश्वास छ जनताले यो अभियानमा सात दिनेछन र आफै सरसफाईमा जुट्ने छन ।
वडा नं. ९ ले नयाँ जनप्रतिनिधि पाए सँगै वडामा नयाँ योजना र काम गर्न जनप्रतिनिधिहरु बस्त देखिन्छन । वडामा कृयाशिल राजनितिक दलहरु लाई बोलाएर सर्वदलिय बैंठक गरी सबै मिलेर वडा बनाउन र बिकास निर्माणमा सहयोग गर्न समेत आह्यन गर्नु भयो । वडा बनाउन सबै राजनितिक दलहरुले सहमत जनाएको वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले बताउनु भयो । अहिले जनताले गफ होइन काम खोजेका छन त्यसै अनुरुप कामको परिणाम निकाल्न हामी लागि परेका छौ ।
बिहानीको तारा । १३ जेष्ठ २०७९, शुक्रबार ११:३१