
३१ साउन २०८० काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौं ३० गते अमेरिका जाने भएका छन्। उनी असोज ४ गते चीन जाने भएका छन्। अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो।
मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (भदौ ३० ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (असोज ४) मा त्यतैबाट चीन जाने बताए।
अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ। २१ सेप्टेम्बरमा सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए।
२५ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ। चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि छ्वाङसँग भेटवार्ता तय भएको पनि प्रचण्डले जानकारी दिएका छन्।



बिहानीको तारा । ३१ श्रावण २०८०, बुधबार ०८:१२