काठमाडौं महानगर : सिंहभन्दा १७,६९१ र स्थापितभन्दा १८,२५५ मतले बालेन साह अगाडि

८ जेठ २०७९ काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्मको मतगणनाअनुसार ४१ हजार दुई सय ७९ मत प्राप्त गरेका छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई करिब १८ हजार मतले पछि पारेका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका साहले मतान्तर बढाइरहेका छन् ।

करिब एक लाख १५ हजार मत गणना हुँदासम्म स्वतन्त्र उम्मेदवार साह फराकिलो मतान्तरले अगाडि छन्। उनी सिंहभन्दा १७ हजार ६ सय ९१ र स्थापितभन्दा १८ हजार दुई सय ५५ मतले अगाडि छन्। सिंहले २३ हजार आठ सय ५५ र स्थापितले २३ हजार २४ मत पाएका छन्।