जुम्ला पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका पूर्ण सिंह बोहरा, उपाध्यक्षमा माओवादीकी जुनमाया रोकाया बिजयी

  • नेत्र शाही

३ जेठ २०७९जुम्ला । जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा बिजयी हुनु भएको    छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया बिजयी हुनु भएको छ ।

अध्यक्ष बोहराले दुईहजार सातसय ६८ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी अध्यक्षका प्रत्यासी नेकपा माओवादीका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिले बुढा दुई हजार चारसय ६३ मत प्राप्त गर्नुभएको छ ।

पातारासीमा २०७४ सालमा नेपाली कांग्रेसका लक्षिमन बोहरा र उपाध्यक्ष पुन्नकली महतारा बिजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार पातारासी गाउँपालिकामा यस पटक छ हजार तनि सय ३३ मत खसेको थियो