उदघाटन र शिलान्यासमा सहभागी हुन प्रचण्ड चितवनमा

१६ चैत, काठमाडौं । उदघाटन, शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि चितवन गएका छन् । उनी राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उदघाटन, भरतपुर–२२ धनौजीमा कभर्डहल उदघाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

एक हप्ता अगाडि मात्रै पनि उनी गृह जिल्ला चितवनका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए । स्थानीय तह निर्वाचन नजिकिएपछि प्रचण्ड अहिले देश दौडाहामा व्यस्त छन् ।