नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) बाँकेद्धारा नयाँ बर्षकाे शुभकामना आदान प्रदान

२६ चैत्र २०७८ नेपालगंज । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति बाँकेले नयाँ बर्ष २०७९ सालकाे अवसरमा नेपालगन्जमा शुभकामना आदन प्रदान सम्पन्न गरेको छ  । संगठन बाँकेका अध्यक्ष हरिचन्द्र पाण्डेकाे अध्यक्षतामा  र प्रमुख अथिति नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सह-सचिव अकल बहादुर बम बिशेष अतिथि  नेकपा माओवादी केन्द्र नेपालगन्ज उप-महानगर कमिटी अध्यक्ष रतन बहादुर शाही रहनु भएको थियो । बमले आम नेपालीले साँचेको सुखी नेपालीको सपना समेत पूरा हुने आशा व्यक्त गर्दै नयाँ बर्षको शुभकामना दिनु भयो । इतिहासले सुम्पेको कठिन जिम्मेवारीसहित आगमन भएको नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न विशेष प्रेरणा देओस् बमले नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई जिताउनका लागि सबैमा उर्जा आओस् भनी महामारीको अन्त्यसँगै सुख र समृद्धीको कामना समेत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेस इन्चार्ज तप्तराज आचार्य , नेपाल राष्ट्रिय कर्मचारी महासंघ का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष पवनदेव अर्याल ,सचिव प्रकाश केसि, कमल चन्द लगायतले नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो,भने कार्यक्रम संचालन ने.रा.क.महांसंघ,बाँकेका उपाध्याक्ष हरि थापाले गर्नु भएकाे थियाे ।