माओवादी केन्द्र नेपालगंज १० को अध्यक्ष धनबहादुर पुन मनाेनित

२५ चैत्र २०७८ नेपालगन्ज । माओवादी केन्द्र नेपालगन्ज १० को बिस्तारित बैंठकले अध्यक्षमा धनबहादुर पुन लाई मनाेनित गरेकाे छ । बैंठकले वडा कमिटी लाई पुर्णता दिएकाे छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक डम्बर बिक (तुफान) को प्रमुख अतिथ्यतामा भएको विस्तारित बैठकले महत्त्वपूर्ण निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रमुख अतिथि संयोजक तुफानले भन्नु भयो, हाम्रो अगाडि निर्वाचन आएको छ, त्यसैलाई केन्द्र बनाएर अगाडि बढ्नुस । वडा कार्यसमितिले पुर्णता दोएको छ । यसले वाड पार्टीलाई बलियो बनाउनुस । संघीय लोकतान्त्रिक वयवस्था भनेको जनगणतन्त्र नै हो । राजतन्त्रात्मक संसदीय व्यवस्थालाई प्रास्त पारेको छ । लालपुर्जा नभएका जनतालाई जग्गधनी पुर्जा विना बत्ती बाल्न पाउने निर्णय तत्कालीन उर्जा मन्त्री जनार्दनले ल्याउनु भयो ।` यति मात्र होइन, पुर्व उर्ज मन्त्री बर्षमान पुन र हालका उर्जा मन्त्री पम्फा भुसालले जनताकै पक्षमा काम गर्नु भएको छ भन्दै संयोजक तुफानले अब निर्वाचनमा जोसका साथमा लग्न आग्रह गर्नु भयो ।

त्यस्तै नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतन बहादुर शाहीले बैशाख ३० गतेको निर्वाचनलाई केन्द्र बनाएर लाग्न निर्देश दिनु भयो । अध्यक्ष शाहीले भन्नुभयो,´जसको नीति उसैको नेतृत्व भयो भने मात्र देशको मोहडा मुहार बदलिन्छ । त्यसैले अब लागौं अनि आफू जितौ र पार्टीलाई जिताउ ।`

नेपालगन्ज उपमहानगर उपाध्यक्ष गोपाल पुनले नेपालगन्ज उप-महानगरपालिकामा माओवादी केन्द्रलाई मजबुत बनाउन लाग्नु पर्ने बताउनु भयो । उपाध्यक्ष पुनले वडा समितिको पुर्णता दिएको बताउनु भयो । अध्यक्ष धनबहादुर पुन लगायत २५ जनाको कार्यसमितिको पुर्णता दिइएको छ । ७५ जनाको उपस्थिति भएको विस्तारित बैठक नेपालगन्ज १० स्थित साथी कृष्ण कटेजमा भएको थियो भने कार्यक्रम संचालन मेन बहादुर अधिकारीले गर्नु भएको थियो ।