एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

 


१६ चैत, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको राजीनामा र ठेक्का प्रक्रिया रद्द गरेर मात्रै सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ ।