
१५ चैत्र २०७८ नेपालगंज । नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा ट्राफिक र नेपाल प्रहरीकै अगाडी टिप्परले किचेर एक जानको ज्यान लिएको छ । राप्ती नदीबाट नदीजन्य पदार्थ ल्याएर गनापुरतर्फ जाँदै गरेको टिप्परले सुरक्षाकर्मीकै अगाडी किचेर ज्यान लिएको हो । टिप्परले हुम्ला ठेहे निबासी बिरबलि भण्डारीको मृत्यु भएको छ ।
स्थानीयकाअनुसार तीव्र गतिमा रहेको टिप्परले घिर्सार्दै केही मिटरसम्म लगेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्परलाई इलाका प्रहरी कार्यालय काेहलपुरले नियन्त्रणमा लिएकाे छ । नेपालगन्जकाे राँझा एर्पाेटजाने चाेक अतिनै व्यस्त र धेरै भिडभाड हुने चाेक हाे यहाँ व्यवस्थापन गर्न नसक्दा धेरै दुर्घटना हुनेगरेकाे छ। नेपालगन्ज एर्पाेट जाने गेट हाे सम्बन्धि निकायले चासो नदिदा दिनहु जसाे राँझा चाेकमा साना तथा ठुला दुर्घटना हुने गरेको छ। यहि दिन अगाडि त्याहि राँझा चाेकमा प्रहरी बिटका इन्चार्ज काे डिउटीमै दुर्घटना भएर ज्यान गएको थियो । राँझा चाेकलाई व्यवस्थित गर्न सम्बन्धित सबै निकायकाे ध्यान जान जरुरी छ।



बिहानीको तारा । १५ चैत्र २०७८, मंगलवार १०:५८