३२ औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्ध अभियान नेपालगन्ज ९ मा विविध कार्यक्रम गरि मनाइयो

२४ मंसिर २०८० नेपालगन्ज । ३२ औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्ध अभियान अन्तर्गत नेपालगंज उप-महानगरपालिका वडा नं. ९ कार्यालयको आयोजना आइएनएफ नेपालको सहयोग र टियर रिलिफ को समन्वयमा लैंगिक हिंसा विरुद्ध अभियान  लैङ्गकि हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगत महिला समुहहरुको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

एकल महिला भवनमा भएको कार्याक्रममा महिला समुहहरु बिच हाजिरी जवाफ प्रतियोगिता गरीएको थियो । उक्त हाजिरी जवाफ प्रतियोगितामा नमुना महिला समुह श्रद्धानगर प्रथम भएको भने महालक्ष्मी महिला समुह आनन्दनगर दोस्रो र तेस्रो रामजानकी स्वाबलम्व समुह भएको छ । कार्यक्रम रचनात्मक तथा सृर्जनशिल कार्य गरी कार्यक्रम गरिएको थियो । हाजिरी जवाफ मा प्रश्न हरु लैगिक हिंसा भएमा कानुनमा सजाय के छ भन्ने सम्बन्धि, र स्वास्थ्य समस्या सम्बन्धि र सामान्य ज्ञान सम्बन्धि तयार गरिएको थियो ।

वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले लैंगिक हिंसा तथा घरेलु हिंसा भए तुरुन्तै प्रहरीलाई सम्पर्क गरे कानून बमोजिम कार्वाही हुने भएको हुन्छ, कोही पनि यस प्रकारका हिंसा बिरुद्ध नसहन समेत आग्रह गर्नुभयो । वडा बाट हुने सहयोग वडा कार्यालयले गर्ने समेत बताउनुभयो ।


त्यस्तै वडा सदस्य जयन्ती खत्रीले महिला हिंसा सहेर नबस्न आग्रह गरिन, महिलाले अहिले पुरुष समान अधिकार पाएको र हामी सबै सक्षम बन्नु पर्छ । हामी आत्मनिर्भर हुन आवश्यक भएको बताइन ।

टियर रिलिफ कि अध्यक्ष हिरा घर्तिले समाजमा हुने बिभिन्न प्रकारका हिंसा बारे सबैले खुलेर प्रतिकार गर्नु पर्ने बताइन । यस खाले महिला हिंसा बिरुद्ध सबै महिलाहरु जागरुक र सक्षम हुनु पर्ने र कार्यक्रम महिला स-शक्तिकरणको लागि कोसेदुङा सबित भएको बताइन ।

कार्यक्रममा वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मी अतिथि जयन्त खत्री, मिना नेपाली वडा सचिव तेज बहादुर सिंह हिरा घर्ति, द्वन्द्व पीडित तथा एकल महिला सङजालको उपाध्यक्ष बिन्दा खरेल लगातको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन साबित्री बिश्वकर्माले गर्नु भएको थियो ।