यूएईले नेपालको तेस्रो विकेट लियो

१७ असार २०८० काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालको तेस्रो विकेट खसेको छ ।

नेपालको तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् । उनलाई चार रनको व्यक्तिगत स्कोरमा मोहम्मद जवादुल्लाहले विकेटकिपर आर्यान्स शर्माद्वारा क्याच गराए । एक सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ रन बनाएर खेल्दैछ ।