
६ चैत्र २०७८ दैलेख । नेपाल कम्युनिस्ट पार्टि(माओवादी केन्द्र) को दैलेख स्थित पार्टीको मुख्यालय रामपुर डाडामा जारि जिल्ला समन्वय समितिको वैठकले दैलेख संघिय निर्वाचन नम्वर २(क)को प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको अध्यक्ष मा योगी लाई चयन गरेको छ। प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिमा क्रियाशील जिल्ला समन्वय समितिका सदस्य,सम्वन्धित प्रदेश सभा अन्तर्गतका स्थानिय तहका पदाधिकारी सदस्य रहने व्यवस्था विधानमा रहेको छ ।
योगी नेकपा(माओवादी केन्द्र) र नेकपा एमालेको एकता पस्चात नेकपाको जिल्ला कमिटी सदस्य भैई काम गरेको र पुन नेकपा(माओवादी केन्द्र)को दैलेख जिल्लामा पार्टी काममा निरन्तर लागि रहेको र आफु लाई युवा नेताको रुपमा स्थापित गर्नु भएको छ ।
नमराज योगी अखिल क्रान्तिकारीको महेन्द्र बशुमुखी क्याम्पसको अध्यक्ष दुई कार्यकाल भैसकेका हुन लुम्बिनी प्रदेश समिती सदस्य भएका हुन । अध्यक्ष मनोनित पछि पार्टिले दियको जिम्मेवारी लाई न्याय गर्न र आगामि बैशाख ३० मा घोषित स्थानिय तहको निर्वाचनमा सुदृढ परिणामका लागि सचेतता पुर्वक लाग्ने प्रतिवद्दता पनि व्यक्त गर्नु भयो ।



बिहानीको तारा । ६ चैत्र २०७८, आईतवार १५:१८