नेपालगन्ज । नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य, लुम्बिनी प्रदेश सभा सदस्य पुर्व मन्त्री कृष्णा के.सि नमुनाले निरंकुश र भ्रष्ट शासनविरुद्ध भइरहेको जेन्जीले सुशासन र सामाजिक संजाल बन्दको गरेको बिरोधमा सरकारले गरेको बर्बरतापुर्ण दमनको बिरोध गरेकी छन । साथै आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेकि छन
नमुनाले मंगलबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै आन्दोलनमा मृत्यु भएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेकी छन्। साथै आन्दोलनका क्रममा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन्।
उनले नेपाली जनताले निरंकुश शासन स्वीकार नगर्ने दाबी गर्दै जेन्जी पुस्ताले उठाएका भ्रष्टाचारविरोधी आवाज, सुशासन र स्थिर सरकार गठन तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने माग न्यायसंगत भएको बताइन्।
“युवा पुस्ताले उठाएका आवाजलाई सरकारले जिम्मेवारीपूर्वक सम्बोधन गर्नुपर्छ,” नमुनाले भनेकी छन्।




बिहानीको तारा । २४ भाद्र २०८२, मंगलवार ११:११