राजनीतिक नेतृत्व सत्ताको  कुर्सी प्राप्तिमा लाग्नु दुर्भाग्यपूर्ण : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्व नयाँ संविधान कार्यान्वयनमा भन्दा सत्ताको कुर्सी प्राप्तितिर लागेकाले जनतामा निराशा बढेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थमा पार्टनरसिप गर्नु दुर्भाग्यपूर्ण भएको जिकिर गरे ।

‘हामीले राज्यपुर्नसंरचनाको कुरा उठाएका थियौँ । तर त्यतातिर लागेनौँ । हामी हतारमा सत्ताको कुर्सी प्राप्तिमा लाग्यौँ । जसले गर्दा नयाँ संविधान कार्यान्वयन गर्न सकिएन । पुरानै राज्य संरचना, माइड सेटले नयाँ संविधानको कार्यान्वयन, जनताको अधिकारको कार्यान्वयन गर्न उनीहरू तयार भएनन्’, उनले भने, ‘राजनीतिक नेतृत्व उनीहरूकै कारिन्दा जस्तो भयो ।

पुरानै माइन्ड सेटबाट परिचालित भए । व्यक्तिगत निहित स्वार्थमा पार्टनरसिप गरेर एकले अर्कालाई प्रशंसा गर्न स्थिति सिर्जना भयो । यो दुर्भाग्यपूर्ण स्थिति हो ।’