नेपालगन्ज । बाँके जिल्लाको डुडुवा गाउँपालिका–४, लालापुर्वाबाट ठूलो मात्रामा अबैध गाँजा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गोप्य सूचनाको आधारमा गरेको विशेष अप्रेसनबाट तीन जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी २२ वर्षीय दिपेश चौरासिया, बाले गाउँ निवासी १८ वर्षीय विनय सोनी र नहरपुरवा निवासी १८ वर्षीय आदर्श साहनी रहेका छन् । प्रहरीले उनीहरू गाँजा किनबेचमा संलग्न रहेको सूचनाका आधारमा चेकजाँच गर्दा दिपेश चौरासियाको साथबाट ३ के.जी. गाँजा बरामद गरेको हो ।
त्यस्तै, डुडुवा गाउँपालिका–४ स्थित भागिराम खटिकको घरबाट १०० के.जी. र राधे खटिकको घरबाट थप ११ के.जी. गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
११४ के.जी. गाँजा बरामद गरिएको र पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिए ।
तिलक बहादुर नेपाली । ६ जेष्ठ २०८२, मंगलवार २०:५१