नेपालगन्ज । ३२ औं बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँकेको अगुवाइमा शनिबार बिहान ७:३० बजेबाट नेपालगन्जको सहिद सेतु बिक चोक देखि सुरु गरेर न्युरोड हुँदै पत्रकार महासंघको कार्यालय सन्चारग्राम बसपार्क सम्म प्रभातफेरी गरिएको हो ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिको अगुवाइमा भएको प्रभातफेरीमा बाँके जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।
त्यस्तै पत्रकारहरुको लागि नसर्ने रोगको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको हो । जसबाट ४५ जना पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको महासंघ बाँकेका सचीव कृष्ण ओलिले जानकारी दिए ।
उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा रगत, पिसाबको परिक्षण गर्नुका साथै ब्लड प्रेसर जाँच गरिएको थियो ।
बिहानीको तारा । २० बैशाख २०८२, शनिबार १२:०३