रुकुमपूर्वको पुथा उत्तरगंगामा ५१ प्रतिशत मत खस्यो

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५१ प्रतिशत मत खसिसकेको छ ।

१४ वटै वडाको २२ मतदान केन्द्रमा ११ हजार एक सय ८० जना मतदाता रहेकोमा ५ हजार  ७२३ जनाले मतदान गरिसकेका छन् । मतदान गर्नेमा २ हजार ९९३ महिला र २ हजार ७३० जना पुरुष छन् ।

निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार २२वटै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।