शिक्षकका जायज माग सम्बोधन गर्न सरकार तयार छ : सरकारका प्रवक्ता गुरुङ 

काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले शिक्षकका जायज माग सम्बोधन गर्न तयार रहेको बताएका छन ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आन्दोलनरत शिक्षकले राखेका जायज माग सम्बोधन हुने बताए ।

यस्तै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको सम्बन्धमा सरकारलाई जानकारी नरहेको बताएका छन् ।

उनले समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीहरूको भविष्य बर्बाद हुने भन्दै शिक्षकहरूले आन्दोलन रोक्नुपर्ने बताए । उनले आन्दोलन रोक्न सरकारले शिक्षकहरूलाई आग्रह गरेपनि शिक्षकहरूबाट असहयोग भएको जिकिर गरे ।