डुडुवा–४ को घटनामा नाम जोडिएकोप्रति वडा अध्यक्ष सगीर खाँको आपत्ति


नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–४ मा घटेको घटनासँग असम्बन्धित रूपमा आफ्नो नाम जोडेर पीडित परिवारमाथि मुद्दा दर्ता नगर्न दबाब दिएको भनी सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत फैलाइएको समाचारप्रति वडा अध्यक्ष सगीर खाँले आपत्ति जनाएका छन्।

वडा अध्यक्ष खाँले जारी गरेको प्रेस विज्ञप्तिमा बलात्कारजस्ता जघन्य र अमानवीय अपराधको उनले स्पष्ट रूपमा विरोध गर्दै घटनाप्रति आफू दुःखी र स्तब्ध रहेको उल्लेख गरेका छन्। पीडितलाई शीघ्र न्याय दिलाउँदै दोषीलाई कानुनअनुसार निष्पक्ष रूपमा कारबाही हुनुपर्ने उनको उल्लेख गर्दै यस्ता निराधार आरोपहरूको खण्डन गरिएको छ।

विज्ञप्तिमा आफ्नो भनाइलाई काटछाँट गरी भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन। साथै, घटनाको निष्पक्ष अनुसन्धान, पीडितको सुरक्षा, उपचार तथा न्याय सुनिश्चित गर्न राज्यले तत्काल कदम चाल्नुपर्ने मागसमेत गरेका छन्।

प्रेस बिज्ञप्ति सहित