
१८ पौष २०७९ नेपालगंज । नेपालगंजका मुख्य चोकरु अवरुद्ध पारिएको छ । गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा १८ बर्षीय तेजन थापा मगर ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो । दिनभर नेपालगञ्जको कारकाँदो, धम्बोझी लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध पारियो मृतक थापा मगर लाई न्याय दिनु पर्ने र ट्रक चालकलाई कानुन बमोजिम कार्वाही गर्नु पर्ने माग राखी चक्काजाम गरिएको चिन्तामणी पोख्रेल ले भताउनु भयो ।

उनले भने हाम्रो कुरा सुनुवाइ भएन ट्रक समीती बाट कोहि पनि बार्ता गर्न आएन हामीलाई न्याय चाहियो भन्दा समेत प्रहरीले समेत सहयोग नगरेको बताए । घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । मृतकको फुपु धन थापा न्याय पाउनु पर्नेमा उल्टै हामीलाई अन्याय गरेको आभास भएको र अनुसन्धानमा समेत प्रहरीले तदारुक्ता नदेखाएको आरोप लगाईन ।
हरेक काम कानुन बमोजिम हुने र भन्ने बितिकै फैसला तुरुन्त हुन असम्भव छ अदालतले फैसला दिने हो हामीले अनुसन्धान गरी रहेका छौ प्रहरी प्रवक्ता राम बहादुर मगरले बताउनु भयो ।

आज दिनभर कलेज क्याम्पसका बिद्यार्थीहरु आन्दोलनमा गरी रहे उनीहरुको माग थियो मृतक तेजन थापा मगरले न्याय पाउनु पर्ने उचित क्षेतिपुर्ति दिनु पर्ने भनी बिद्यर्थीहरु माग राखी आन्दोलन गरेको एक बिद्यार्थीले बताए ।



सन्तोष कुमार बिष्ट । १८ पुष २०७९, सोमबार २०:०४