प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

१२ असार २०७९ काठमाण्डाै‌ं ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ भने लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यी प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रतिनिधिसभामा प्रस्तुत हुने भएको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोवल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागीतामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।