केपी जी गणतन्त्रवादी होइनन : अध्यक्ष प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रम्म मोरङको कानेपोखरी गाउँपालिकाको ६ रमाइलोमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कहिल्यै गणतन्त्रको पक्षमा नरहेको दाबी गरेका छन ।

‘तपाई हामीलाई थाहाँ छ नि केपी जी त नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु एउटै हो भन्ने नेता हो,’ उनले भने,‘उहाँ कहिल्यै गणतन्त्रवादी होइन ।’

तर माओवादी केन्द्रले आन्दोलनमो आधीहुरी ल्याएपछि मात्रै गणतन्त्र स्वीकार गर्न बाध्य भएको बताए। ‘ओलीले गणतन्त्रलाई मान्दिएको मात्रै हो,’ उनले भने,‘ माओवादी अलिक कमजोर भएको देखेपछि उहाँहरु कहिले संविधान संशोधनको नाममा कहिले, संसद विघटनको तरिकाबाट कहिले कुनै तरिकाबाट यसलाई उल्टाउने दुस्साहस गरिनै रहनुभएको छ ।’

‘माओवादी अलिक कमजोर भएको देखेपछि उहाँहरु कहिले संविधान संशोधनको नाममा कहिले, संसद विघटनको तरिकाबाट कहिले कुनै तरिकाबाट यसलाई उल्टाउने दुस्साहस गरि नै रहनुभएको छ ।’

केपी ओली गणतन्त्रलाई उल्टाउने तर्फ लागेको दाबी गर्दै उनले भने,‘उहाँहरुलाई लाग्छ संविधानको पाना जहाँ पल्टाए पनि माओवादी छ ।’

प्रचण्डले भूमि सम्बन्धी समस्या समाधान गर्ने बताए । कानेपोखरी र पथरीमा दोहोरो स्वामित्वको विवाद धेरै छ। मंगलबार प्रचण्डसँगको भेटघाटका क्रममा स्थानीयले प्रचण्डलाई दोहोरो स्वामित्वको विवाद समाधान गर्न आग्रह गरेका थिए।

प्रचण्डले दोहोरो स्वामित्वको विवादलाई समाधान गर्न आफू प्रतिवद्ध रहेको बताउँदै उनले भने,‘ तपाईहरुको यो समस्या म समाधान गरेरै छाड्छु।’

सोही कार्यक्रममा कांग्रेस नेता जयराज संयोग लिम्बुसहित केही नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए। माओवादी केन्द्रका अध्यक्षले उनलाई पार्टीमा प्रवेश गराए।

महासमिति सदस्य नारायण कार्की पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय पार्टीमा प्रवेश गरेको माओवादी केन्द्र मोरङले जनाएको छ ।