अनेरास्ववियू (क्रान्तिकारी) काे उप-महासचिवमा अधिकारी निर्वाचित

नेपालगन्ज । अनेरास्ववियू( क्रान्तिकारी ) २३ औं राष्ट्रिय सम्मेलन बाट उप-महासचिवमा लुम्बिनी प्रदेशबाट रेशम अधिकारी निर्वाचित भएका छन ।
संगठनको २३ औं राष्ट्रिय सम्मेलन असोज १० गते त्रिभुवन विश्वविद्यालयको स्मृति हल मा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा उद्घाटन गर्नु भएको थियो ।

क्रान्तिकारी भित्र उमेर हद लगाउने वा खुल्ला गर्ने बारेमा संगठिक बहसले निकै बिबाद लिएको थियो । बन्द सत्रलाई रोकेर विभिन्न छलफल संम्वाद बाट पुष १४ गते उमेर हद ३२ वर्ष लागू गर्ने एजेन्डामा मतदान भएको थियो ।

उक्त निर्वाचन परिणाम बाट अखिल क्रान्तिकारी भित्र उमेर हद ३२ कायम भएर अहिले नेतृत्व छनौटको लागी माघ १२ गते देश सात प्रदेशमा मतदान भएको थियो । उपत्य बिशेष प्रदेश र बिश्वबिधालयको मतपत्रमा कालो मसि प्रयोग भएको भनी बिवाद भैइ उक्त बिवाद मंगलबार अध्यक्ष पदका उम्मेदवारसग सहमति गरि मतगणना सुरु गरिएको थियो ।