प्रेस सेन्टर स्थापना दिवसः पदमराज स्मृति पत्रकारिता पुरस्कारबाट धनबहादुर वुढा (डिवि) पुरस्कृत

जुम्ला । प्रेस सेन्टर नेपालकाे स्थापना दिवसका अवसरमा जुम्लामा जिल्ला समिति जुम्लाले विभिन्न कार्यक्रम गरी मनाएकाे प्रेस सेन्टर नेपाल जुम्ला शाखा अध्यक्ष दिलमाया शाही बताइन । जिल्ला समिति जुम्लाले प्रेस सेन्टर जुम्लाका सस्थापक तथा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका संस्थापक सहसचिव स्वर्गिय पत्रकार पदमराज देवकोटाको घरमा कार्यक्रम गरि दिवस थियाे  ।

२१ औं स्थापना दिवसको अवसरमा पदमराज देवकोटा स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी पत्रकार धनबहादुर वुढा (डिवि)लाई पुरस्कृत गरि सम्मान गरिएकाे थियो । यसैगरी कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जुम्लाका जिल्ला संयोजक नवराज न्यौपानले प्रमाणपत्र र नगद राशी रु पाँच हजारले दिनुभयाे । सहिद देवकोटाका आमा विष्णुमाया देवकोटालाई पछ्यौरा ओढायरले सम्मान समेत गरिएको अध्यक्ष शाही बताइन ।

प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका संयोजक नवराज न्यौपानेले प्रेस सेन्टरको कलम सशक्त रुपमा थप अगाडि बढ्ने शुभकामना दिदै सहिद पदमराज देवकोटा सहितका परिवर्तनका लागि ज्यान दिने सहिदहरुको सधै सम्मान गर्ने दायित्व सवैमा भएको तर आजको विशेष कार्यक्रमका लागि प्रेस सेन्टर जुम्लालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रेस सेन्टर जुम्लाका अध्यक्ष दिलमाया शाहीले प्रेस सेन्टर जस्तो गौरवशाली संगठनलाई थप सशक्त बनाउन सवैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले पार्टी भित्र पनि राम्रो र नराम्रो छुट्याउने गरि प्रेस सेन्टरको कलम सशक्त हुन आवश्यक भएको जोड दिनुभयो । उहाँले पत्रकारिता पुरस्कारलाई आगामी दिनमा थप बढाउने बताउनुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ शाखा जुम्लाका पूर्व अध्यक्ष नेत्रबहादुर शाहीले प्रेस सेन्टरको ईतिहास संघर्ष बाट शुरुभएको बताउदै जुम्लामा लामो समय देखी प्रेस सेन्टरले गरिरहेको जुम्ली पत्रकारिता क्षेत्रको लगाब आम नागरिकलाई जानकारी भएकै छ । उहाँले देशभर प्रेस सेन्टरले स्थापना दिवस मनाएको जानकारी दिदै जुम्लामा स्वर्गिय पदमराज देवकोटाको स्मृतिमा पत्रकारिता पुरस्कार शुरु गरेकोमा धन्यवाद तथा पुस्कार पाउने क्रियाशिल पत्रकार डिवि वुढालाई वधाई दिनुभयो ।

स्थापना दिवसको अवसरमा शुभकामना दिदै दलितमुक्ति मोर्चा जुम्लाका अध्यक्ष चन्द्रबहादुर नेपालीले यूद्धकालमा स्वर्गिय पत्रकार पदमराज देवकोटाले पत्रकारितमा पुर्याएको योगदानका कदर गरेर प्रेस सेन्टरले घरमै आएर सहिद आमालाई सम्मान र सहिदकै नाममा पुरस्कार वितरण गरेकोमा फरक भएको बताउनुभयो । उहाँले हिजो कैयौ दिन आश्रय लिने देवकोटाको घरमा आज आउदा खुशी लागेकोमा जोड दिनुभयो । एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका ईन्चार्ज रामबहादुर रावलले स्थापना दिवसको शुभकामना दिदै प्रेस सेन्टरले गरिरहेको पत्रकारितामा थप प्रभावकारी शशक्त गर्न शुभकामना दिनुभयो । स्थापना दिवसको अवसरमा प्रेस सेन्टरका पदाधिकारी, सदस्यहरु र सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।