नेपाली कथानक टेलि सिरियल टुलुटुलु-२ प्रशारण हुँदै

नेपालगन्ज । नेपाली कथानक टेलि सिरियल टुलुटुलुको सिजन दुई पुन प्रशारण MPS फिल्मस युटुव च्यानलबाट हुने भएको छ । मनोज कुमार बैश्यको लेखन/निर्देशनमा सामाजिक कथाबस्तुमा टेलि सिरियलको छायांकन भैरहेको छ यो सिरियलको  पहिले ५२ भाग सम्म युटुव च्यानलमा प्रशारण हुँदै आइरहेको थियो । अब सिरियल प्रत्येक शुक्रवार राती ८ बजे युटुवमा प्रशारण हुने बैश्यले बताए । टुलुटुलु-२ को सुटिङ कोहलपुरको विभिन्न क्षेत्रमा गरिने र यहाँ पर्यटन क्षेत्रको प्रचार प्रसार एवं प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

नयाँ कथा बस्तुको साथमा यो सिरियल  सामाजिक यथार्थबादी,पारिवारिक कथा बस्तुको साथमा  हांस्य र प्रेम रसले भरिपुर्ण हुनेछ । यस टेलि सिरियलमा  स्थानीय कलाकारहरु सपना बिश्वकर्मा, रवि  शर्मा, सुरेश महरा, मनोज बैश्य, प्रशान्त न्युपाने, सेती चौधरी, जुना, शृया सुनार, बाल्कृश्न्न सन्ज्यालको अभिनय रहेको निर्देशक बैश्यले बताए ।