नेपालगन्ज । कोहलपुरको त्रिभुवन माध्यमिक बिधालयका शिक्षक राम बहादुर थारुले आफ्नै विद्यार्थीलाई अनावश्यक र अश्लील म्यासेज गर्ने शिक्षक शिक्षक हुन सक्दैन यस घट्ना प्रती मेरो र अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला समिति बाँकेको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष सुनिल बटालाले बताए ।
यस्तै अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला समिति बाँकेले बिज्ञप्ति जारी गर्दै भनेको छ ‘शिक्षक जस्तो मर्यादित पेशामा रहि ज्ञानको ज्योति बाड्न छोडेर आफ्नै विद्यार्थी माथी कुदृष्टी र गिद्देनजर लगाउन कदापि क्षम्य छैन । यस्ता अपराधीक मानसिकता बोकेको ब्यक्ति शिक्षक हुन सक्दैन । यसैले उक्त शिक्षकलाई तत्काल निलम्बन गरि कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोड्दार माग गरिएको छ ।’
बिज्ञप्ति सहित
सन्तोष कुमार बिष्ट । १० कार्तिक २०८१, शनिबार ११:३६