प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाँकेको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

 नेपालगन्ज  । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाँकेको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कि स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख पूर्ण कुमारी सुबेदीले पत्रकारिता क्षेत्रमा सिन्डिकेट देखिनु निषेधको नीति भएको बताउनुभयो । उहाँले पत्रकारिता वर्गीय पक्षधरतामा आधारित हुने भएकाले पत्रकारितामा पनि सिन्डिकेट गर्न केही तत्त्वहरू लागिपरेको बताउनुभयो । पत्रकार महासङ्घमा लागेको ताल्चालाई इङ्गित गर्दै सुवेदीले वर्ग विभाजित समाजमा पत्रकारिता पनि वर्गीय हुने भएकाले स्वतन्त्रता भनिए पनि कुनै कुनै रुपमा कलम घुमिरहन्छ भन्दै उहाँले समाजलाई अग्रगामी दिशामा लैजाने काममा पत्रकारहरूलाई मोर्चा बनाउन आग्रह गर्नुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सेराज खानले महासङ्घको निर्वाचनमा सर्वसम्मत हुन नसके सेन्टरसँग बन्ने मोर्चाबिच हुने सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज डा. डक्ट प्रसाद धितालले प्रेस सेन्टर सुरुवाती समय देखि हालसम्म संघर्षको जगबाट स्थापित भएको संगठन हो । हामी एकतामा बिश्वास गर्छौ, बजारको हल्लाको पछि नलाग्न र कुनै भ्रममा नपर्न आग्रह गर्नु भयो । हामी एकतामै निर्वाचनमा जान्छौ, नेतृत्वको स्पिड अनुसार हामी अगाडी बढ्ने बिश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे, सुशील शर्मा लगायतले प्रशिक्षण दिनुभएको थियो ।