फोटो सामाजिक सन्जाल बाट
नेपालगन्ज । बाँकेको नेपालगन्जको वाटरपार्क परिसरमा सञ्चालित मेला होलीको दिन रोक्ने निर्णय गरिएको छ । चैत्र ६ गते देखि १८ गते सम्म संचालिन हुने मेला होलिको सुरक्षाको कारण जिल्ला प्रशासन कार्यालय बाँकेले रोक्ने निर्णय गरेको छ । मेलाको आयोजना घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिको अनुमतिमा १२ दिन सञ्चालन हुने मेला तराईमा मनाइने फागु पर्व (होली)लाई ध्यान दिएर १२ चैतमा मेला सञ्चालनमा रोक लगाउने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।
रङ्गहरूको पर्व होलीलाई भव्य र मर्यादित बनाउन सुरक्षा चुनौती रोक्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार एक दिन मेला रोक्ने निर्णय गरिएको हो । विगतमा उद्योग, कृषि, प्रविधि र पर्यटन क्षेत्रहरूको प्रवर्द्धन गर्ने नारा सहित विभिन्न प्रतिष्ठित संस्थाहरूको आयोजनामा मेला र महोत्सव सञ्चालन हुने गरे पनि त्यस्ता मेला पेशेवर मेला सञ्चालकहरूलाई ठेक्का दिने गरेको आरोप छ ।
मेला, महोत्सवमा मनोरञ्जनात्मक क्रियाकलाप बाहेक हारजित हुने गरी जुवा र सर्व साधारण ठगिने गतिविधि सञ्चालन भए नभएको अनुगमन गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको प्रजिअ पोखरेलले बताए ।
बिहानीको तारा । १० चैत्र २०८०, शनिबार १०:२७