
सुर्खेत । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला सम्पन्न । USAID जल जंगल परियोजनाको आयोजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशालामा “महिलामा लगानी (Invest in Women:Accelerate Progress) नारा र समावेशीकरणलाई प्रेरणा भन्ने अभियानका साथ ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस प्राकृतिक श्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महिलाहरूको सहभागिता लगायतका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवालहरूको विषयमा कार्यशला तथा अन्तक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा परियोजनाको उद्येश्य बारे USAID जल जंगलवरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले बताएउनुभएको थियोभनेटीम लिडर भुपेन्द्र शाहीले कार्यक्रको उद्येश्य माथी प्रकास पार्नु भएको थियो । कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणवरिष्ठ अधिकृत शारदा शेर्पाले अन्तराष्ट्रिय महिला दिवस ईतिहास बारे १९०९ देखि श्रमिकहरुको आन्दोलन बाट सरु भएको र पछि यसलाई १९७७ संयूक्त राष्ट्र संघले महिला अधिकार तथा विश्व शान्ति रुपमा लिदै अन्तराष्ट्रिय विदाको रुपमा लिएको लगायत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तको बारेमा तथा नेपालमा महिलाहरुअवस्था बारे केही तथ्य तथा तथ्याङ्क समेत प्रस्तुती गर्नू भएको थियो ।

सहभागीहरु मध्ये समुदायिक बनमा नेतृत्व गरिरहेका महिला दलित महिला, अपाङ्गता भएका महिला, यौनिक अल्पसंख्यक तथा आसनमा महिला , भाषणमा महिला र शासनमा महिला हुनु पर्ने भन्दैएकल महिलाका संर्घर्षका अनुभव कथाहरु सहभागीहरु विच आदान प्रदान भएको थियो । कार्यक्रमका प्रमुख अतिथि, आन्तरिक मामिला तथा कानुन मनत्रालयका निर्मला रेग्मी निर्मला पन्तले आज सम्म न्याय नपाएकोले म यो महिला दिवसको शुभकामना पनि दिन सक्दिन भन्दै महिलाहरुको न्याय र विकासका लागी महिलाहरु नेतृत्वदायि भुमिका आउनै पर्ने बताउनु भयो । विभिन्न,सामाजिक विकास मन्त्रलय, जालश्रोत तथा उर्जा विकास मन्त्रालय कार्णली प्रदेश, विरेन्द्रनगर नगरपालिका ,सामुदायिक बन उपभोक्ता महासंघ, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघ,सुर्खेत, पत्रकार, इनर ह्वील क्लबका प्रतिनिधी USAID का साझेदार संस्थाहरुका प्रतिनिधी लगायत सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधीहरुको सहभागिता व्यापक छलफल कार्यक्रम सम्पन्न भएको छ ।आगामी दिनहरकालागी प्राकृतिक श्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महिलाहरूको सहभागिता लगायतका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणकालागी कार्ययोजना निमार्ण गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत रेणुका न्याैपाने गर्नु भएको कार्यशालामा प्रमुख अतिथिको रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निर्मला रेग्मीले गर्नू भएको थियो भने कार्यक्रम संचालन USAID जल जंगल परियाेजनाका अनुगमन मुल्याङ्कन तथा संचार वरिष्ठ अधिकृत निर्मल नेपालीले गर्नु भएको थियो ।



बिहानीको तारा । २२ फाल्गुन २०८०, मंगलवार २२:४०