नेकपा(माओवादी केन्द्र)खजुरा गाउँपालिका समितिद्वारा सहिद परिवारलाई सम्मान 

खजुरा । नेकपा(माओवादी केन्द्र) खजुरा गाउँपालिका समितिले बलिदान दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरेको छ । ‘सहिद परिवार लाई सम्मान कार्यक्रम’ खजुरा २ काे सहिद पार्कमा सम्पन्न गरेको हो । महान जनयुद्धको फागुन १४ गते देखि सहिद सप्ताहको अवसरमा आज खजुरा गाउँपालिका भित्रका सहिद परिवार लाई सम्मान गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र )  खजुरा गाउँपालिका कमिटीका अध्यक्ष  राज कुमार बिकको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का लुम्बिनी प्रदेश  कमिटी सचिवालय सदस्य तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान) काे प्रमुख अतित्थतामा सम्मान कार्यक्रम सप्पन्न भएको छ | गाउँ पालिका भित्रका करिब ११जना सहिदका घर परिवारलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी विकले माओवादी केन्द्रले नै आमूल परिवर्तन गर्यो । माओवादीमाथिको हमला परिर्वतका ऐजेन्डामाथिको हमला भएकोले त्यसलाइ रोक्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताए । साथै उनले माओवादी पार्टीलाई देशको १ नम्बर पार्टी बनाउन सबै लाग्न आग्रह गरे । उक्त कार्यक्रम समापन गर्दै खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राज कुमार बिकले व्यवस्था परिवर्तन गर्नमा सहिदहरुको भुमिका अतुलनीय रहेको भन्दै नेता कार्यकर्ताहरु सहिदकै सपना अनुसार अगाडि बढनु पर्नेमा बताए ।

उक्त कार्यक्रम काे सञ्चालन माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी सचिव तथा वडा नम्बर २ का वडा अध्यक्ष धनराम वलीले गर्नुभएको थियोे भने कार्यक्रममा सहिद परिवार नेता तथा कार्याकर्ता  लगाएतकाे उपस्थित रहेकाे थियोे ।