सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१० कात्तिक २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । भेटका लागि नेकपा एमाले अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए ।