लुम्बिनी प्रदेश स्थापना दिवसकाे अवसरमा आइतबार सार्वजनिक बिदा


१९ माघ २०८० नेपालगंज । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसकाे अवसरमा आइतबार सार्वजनिक बिदा दिएकाे छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । बि.सं.२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक प्रदेशको अस्थायी राजधानी बुटवलमा बसेको थियो । सोही दिनको सम्झनामा प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।