नेपालगन्ज उप-महानगरपालिकाको ट्वाइलेटमा गुट्का र दारुका बोतल


माघ १३, २०८० नेपालगन्ज । बाँकेको नेपालगन्ज उप-महानगरपालिकाकाे भवन भित्र रहेको ट्वाइलेटमा गुट्का, र दारुका बोतल देखिने गरेका छन् । उप-महानगरपालिकाले आगामी बैशाख १ गतेदेखि उपमहानगरपालिका भित्र सुर्तीजन्य पदार्थ पुर्ण रोक लगाउने घोषणा गर्दै गर्दा      उप-महानगरपालिका भित्र रहेकाे ट्वाइलेटमा गुट्का, र दारुका बोतल भेट्टिने गरेका छन । उप-महानगरपालिकाले पटकपटक निर्णय गर्ने तर कार्यान्वयनमा कडाइ नगर्नाले कार्यान्वयनमा चुनौती देखिदै आइरहेको देखिन्छ । निर्णय कार्यन्वयन गर्न कुन शक्तिले रोक्छ किन आफ्नै निर्णय कार्यन्वयन गर्न उप-महानगरपालिका किन उदासिन हुन्छ, भन्ने आमचासोका रुपमा हेरिन थालिएकाे छ । यसभन्दा पहिला पनि तिनमहिना भित्र अटो रिक्सा व्यवस्थापन गर्ने भनेर घोषणा गरेपनि अहिलेसम्म गर्न सकेको छैन ।

त्यसैगरी  नगर सरसफाइमा पनि फोहोर फाल्नेलाई जरिवाना तोकेर पनि एकदुई जनालाई जरिवाना तिराएको तर अहिले फेरि चुपचाप रहेको स्थानीयले बताउने गरेका छन् । नाम नबताउने शर्तमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीहरुले र सरसफाइ कर्मचारीहरुले दारु पिएर त्यही ट्वाइलेटमा फालेको हुनसक्ने बताए । यदि त्यही भित्रका कर्मचारीले यस्तो काम नगरे अरुको कसरी भित्र आएर गर्ने हिम्मत हुनसक्छ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिकामा सेवालिन जादा ट्वाइलेट प्रयोग गर्दा पुरै भित्तामा गुट्का खाएर थुक्ने गरेको, गुट्काका खोल जतासुकै फाल्ने गरेको पाइएको छ । आफनै कार्यालय परिसर भित्र सरसफाइ गर्न नसक्ने उप-महानगरपालिकाले पुरै शहरमा कसरी गर्ला भन्ने प्रश्न खडा हुनु स्वभाविक नै देखिन्छ ।