नेपालगन्जबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

२७ पुष २०८० नेपालगन्ज ।  दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले पुष्टी गरे । हालसम्म २५ जनाको उद्धार गरिसकेको उनले बताए ।