सोफिया स्कुल नेपालगन्जको १७औं बार्षिक उत्सव तथा ख्रीष्टमस कार्यक्रम सम्पन्न

 २२ मंसिर २०८० नेपालगन्ज । सोफिया रेसिडेन्सियल इङलिस स्कुल नेपालगन्जको १७औं बार्षिक उत्सव तथा ख्रीष्टमस कार्यक्रम  सम्पन्न भएको छ । बिहिबार साेफिया स्कुलमा भएकाे कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिकाे माध्यमबाट आफ्ना अभिभावकहरुलाई आफ्नाे प्रस्तुति देखाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप-महानगर पालिकाका मेयर प्रशान्त बिष्टले बच्चाहरुको कलरफुल डान्सले मनछोएको बताउनु भयो । बिष्टले भन्नुभयो,´ तपाईको छोराछोरी डाक्टर, इन्जिनियर त होलान् । आमाबुबालाई कतै बृद्धाश्रममा त छोडिरहेका छैनन्’, उहाँले भन्नुभयो, ‘आज तपाईले समय दिएर असल सन्तान बनाउनु भयो भने भोलि सन्तानले पनि तपाईलाई हेर्नेछन् ।’ कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाका उपमेयर कमरुद्दिन राई ले साेफिया स्कुल नेपालगंजकाे नमुना स्कुल र गर्भगर्न लायक स्कुल भएकाे बताउनुभयाे ।

त्यस्तै पुर्व मन्त्री गजेन्द्र हमला, जिल्ला शिक्षा समन्वय इकाईका अधिकृत उद्धव श्रेष्ठ लगायतले स्कुलको प्रगतिको लागि शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको संचालन स्वागत सबै बिद्यार्थीले नै गरेका थिए ।  त्यस्तै कार्यक्रमको समापन गर्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष के.बी. बसेलले सुन्नेबाट सुरुभएको यस विद्यालयको यहाँसम्मको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ´ तपाई र हामी स्कुल मिलेर तपाइँको नानी-बाबुको भविष्य बनाउने हो । त्यसैले आउनुहोस् मिलेर भविष्य निर्माण गरौं । भोलिको दक्ष जनशक्ति निर्माण गर्ने जिम्मा हाम्रै काँधमा छ ।` कार्यक्रममा विद्यार्थीहरुसँग मिलेर कार्यक्रम संचालन शिक्षिका प्रतिमा बस्यालले गर्नुभएको थियो ।