
२३ असाेज २०८० नेपालगन्ज । असोज १३ देखि देशका ७ सय ५३ वटै स्थानीय तहका कर्मचारीहरुले आफ्नो २० बुदे माग राखि केन्द्रिय संघर्ष समितिले तयार पारेको आन्दोलनका कार्यक्रम बमोजिम बाँकेका स्थानीय तहमा पनि संघर्ष समिति गठन गरी आन्दोलन गरिएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका कार्यलयमा तेजेन्द्र रोकाया संयोजक,नबराज रोकाया ( नरेश) सचिव रहेर संघर्ष समिति गठन भएको थियो । केन्द्रिय संघर्ष समितिको निर्देशन बमोजिम मिति २०८०/०६/२० गते नबराज रोकायको नेतृत्वमा काठमाडौको आन्दोलनमा ३ जनाको टोलि गएको छ ।
असोज २२ गते काठमाडौंको माइतीघर मन्डलामा सबै ७ सय ५३ तहका कर्मचारी जम्मा भएर शान्तिपूर्ण ढंगले नारा लगाएर बानेश्वर पुगि कोण सभा गर्ने क्रममा प्रहरीले एक्कासि धरपकट गरेर लाठि चार्ज,पानीको फोहोरा,बुठले धेरै कर्मचारीलाई कुटपिट गरेको थियोे । उक्त प्रहरी हस्तक्षेपबाट नेपालगन्ज उपमहानगरपालिका बाँकेमा कार्यरत सन ईन्जिनियर नबराज रोकाया ( नरेश ) शक्त घाईते हुनु भएको छ । उहाको दुबै खुट्टा र ढाडमा लाठि र बुढ्ले हानेर घाइते हुनु भएको छ । अहिले देब्रे खुट्टाको लिगामेन्ट छुट्टेको र ढाडमा समस्या रहेको चिकित्सले जानकारी दिनु भएको छ ।

अहिले नेपालगन्ज उपमहानगरपालिका लगाएत देशका ७ सय ५३ ओटै स्थानीय तहले आफ्ना २० बुदे माग सम्बोधनका लागि अनिश्चितकालिन धर्ना कार्यक्रम रहेको छ ।



बिहानीको तारा । २३ आश्विन २०८०, मंगलवार २०:२९